यस प्रतिष्ठानको MPS Faculty Office, Academic Block अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न
2081-04-06
- A
- A-
- A+

आज
मिति २०८१/०४/०६ गते आइतबार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी
निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको अध्यक्षता एवम् त्रिभुवन विश्वविद्यालय
व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माज्यूको प्रमुख आतिथ्यतामा नेपाल
प्रहरीमा स्टाफ कलेजको अवधारणा अन्तर्गत निकट भविष्यमा सञ्चालन हुन गइरहेको Masters in Police
Sciences (MPS) कार्यक्रम
सञ्चालन सम्बन्धमा प्रगती विवरण समीक्षा वैठक एवम् छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त
कार्यक्रममा श्रीमान् कार्यकारी निर्देशकज्यूले MPS कार्यक्रम वृत्ति विकाससगं आवद्ध
गरिएकोले यसको विशेष महत्व रहेको र सो MPS
कार्यक्रमलाई
सफल बनाउन निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको कुरा समेत औँल्याउनु भयो । साथै
प्राध्यापक डा. डिल्ली राज शर्माज्यूले त्रिभुवन विश्वविद्यालय MPS कार्यक्रम सञ्चालनको सन्दर्भमा
सकरात्मक रहेको र आवश्यकतानुसार अन्य शैक्षिक पाटोमा निरन्तर सहयोग गर्ने
प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
सो
कार्यक्रममा रा.प्र.प्र.प्र.मा रहेको MPS Faculty Office, Academic Block लगायत अन्य भौतिक पूर्वाधारको समेत
अवलोकन भएको थियो ।